ट्रान्सफर्मरले दुर्घटनाको खतरा बढाउँदै

कञ्चनपुर, भदौ १७ । नेपाल विद्युत प्राधिकरणले विद्युत प्रवाहका लागि राखिएका ट्रान्सफर्मर सुरक्षित स्थानमा नराखिँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दुर्घटनाको खतरा बढेको छ । विद्युत प्राधिकरण कञ्चनपुरले जडान गरेका ट्रान्सफर्मरसंगै जमीनको सतह नजिकै जडान भएको फ्यूज वक्स नाङ्गो र वरिपरी रहेको झारपातका कारण करेन्ट लाग्न सक्ने जोखीम बढेको हो ।

 

घर छेउछाउ र सडकसंग जोडिएर राखिएका ट्रान्सफर्मर र नाङ्गो फ्यूज वक्सले बालबालिका र पशुचौपायालाई करेन्ट लाग्न सक्ने खतरा बढ्दै गएको स्थानीय बताउँछन् । ट्रान्सफर्मर राख्नका लागि तोकिएको मापदण्ड विपरित नाङ्गो फ्यूज वक्स जमिन नजिकै राखिदा जोखिम कायमै रहेका वेला वरपरको झारपात मर्मत सम्भार र सरसफाई नहुँदा विद्युतीय प्रवाहले मानवीय र भौतिक क्षतिको खतरा वढाएको छ ।

 

ट्रान्समिटरको इनपुट र आउट पुट करेन्ट प्रवाह नाङ्गै राखिएकोे ट्रान्समिटरको फ्यूज वक्सले जोखिम बढाएको छ । खतरायुक्त जोखिमबाट पूर्व सावधानी नअपनाए अप्रिय घटना घटन सक्ने देखिएको छ । ट्रान्समीटर राखीएको फ्युज वक्स खुला र जमीनको सतहमै हुदा गाइ गोरु बाल बच्चालाई खतरा हुन सक्ने स्थानीय अरुणप्रसाद भट्टले बताए ।

 

ट्रान्सफर्मर आसपासमा रहेका स्थानीय वासिन्दाहरु ट्रान्सफर्मर र नाङ्गो फ्यूज वक्स जमिन नजिकै सुरक्षित रुपमा नराखिएकोले खतरा वढेसँगै त्रसित हुन थालेका छन् । प्राधिकरणको शुक्लाफाँटा झलारी फ्युज केन्द्रका प्रमुख जितेन्द्र यादवले नाङ्गा रुमा राखिएका ट्रान्सफर्मर नजिकका बक्स फेर्ने कार्य नहुँदा जोखिम बढेको बताएका छन् ।

 

‘ट्रान्सफर्मर नजिकका झ्याङ हटाउँछौं ।’ उनले भने,–‘यसबाट विद्युत सट भयर दुर्घटना समेत हुने खतरा छ ।’ ट्रान्सफर्मरमा नाङ्गो तार हुने भएकाले बालबालिकालाई जोखीमबाट बचाउन ध्यान दिन सवैमा उनले आग्रह गरेका छन । नाङ्गो तारमा झारपात सरसफाई नगरिदा जल्नेलगायतका समस्या पटक पटक आउने गरेका छन् ।