राजधानीमा आइतबारदेखि विभिन्न ६ स्थानमा फ्री वाईफाई

काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विभिन्न ६ स्थानमा फ्रि वाईफाई सेवा दिन शुरु गरेको छ । यसरी फ्रि वाईफाई उपलब्ध हुने स्थानमा हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्क रहेका छन् ।

 

यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ । इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिंकसँगको साझेदारीमा यी ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरिएको हो ।

 

आइतबार काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले फ्रि वाईफाई सेवाको उद्घाटन गरे । फ्रि वाईफाई सेवाका विषयमा काठमाडौं महानगरपालिका र वल्र्ड लिंकबीच गत चैत्र १८ गते सम्झदारी भएको थियो । यो सेवाका लागि महानगरपालिकाले कुनै पनि आर्थिक खर्च गर्नेछैन ।