शिक्षामा लगानी बालुवामा पानी

काठमाडौं, भदौ १८ । सरकारले साक्षरता अभियान घोषणा गरेको एक दशक पुरा भएको छ ।
हरेक वर्ष साक्षर अभियान घोषणा गर्दा दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारले बताउदै आएको थियो । अभियान संचालन गरेको १० वर्ष पुरा हुदा समेत पुर्ण रुपमा उपलब्धी हासिल गर्न सकेको छैन ।

 

सरकारले यो वर्ष पनि अबको २ वर्ष भित्र सबै निरीक्षरलाई साक्षर बनाउने घोषणा गरेको छ । तर सरकारको सो घोषणा पुरा हुने सम्भावना कम छ ।

 

देशको राजधानी काठमाडौ समेत पूर्ण साक्षर हुन सकेको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आव २०७५÷२०७६ सम्म बाँकी रहेका सबै निरक्षरलाई साक्षर बनाउने निर्णय गरिसकेको छ ।

पछिल्लो तथ्याङक अनुसार मुलुकभर हाल करिब ३ लाख निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समुहका ती जनसंख्या ३० जिल्लामा रहेका छन् ।

सरकारले अभियान संचालन गरेको ७७ जिल्ला मध्य ४७ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् । प्रदेश नम्बर ४ का सबै जिल्ला साक्षर घोषणा भैसकेका छन् । प्रदेश २ को कुनैपनि जिल्ला साक्षर हुन सकेको छैन ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले विसं २०६५÷२०६६ सालदेखि सरकारले संचालन गरेको अभियान उपलब्धी मुलक रहेको बताउनुभयो । सबै अभियान भनेकै समयमा सफल नभएका होलान तर साक्षर अभियान सोचेभन्दा बढी सफल भएको छ । अब विसं २०७६ सालदेखि कोही पनि निरक्षर हुन पर्दैन सबैलाई साक्षर बनाएरै छाड्नेछौ–उहाको भनाई थियो ।

 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले हिजो आइतबार आयोजना गरेको कार्यक्रममा निरक्षर रहेका करिब १८ प्रतिशत जनसंख्यालाई दुई वर्ष भित्र साक्षर बनाइसक्ने दाबी गरेको छ । केन्द्रका महानिर्देशक वावुराम पौडेलले अबको अभियानले दुई वर्षभित्र कोहीपनि निरक्षर नहुने दाबी गर्नुभयो ।

 

हालसम्म खुला विद्यालय तर्फ निमावि तहमा ३७ र मावि तहमा ८४ र १ सय ३७ अनौपचारिक पौढ विद्यालयका वटासम्पुर्ण निरक्षर साक्षर भैसकेको उहाको भनाई थियो । ६ सो भन्दा माथी उमेर समुहका ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समुहका ८८ दशमलब ६ र १५ देखि माथी उमेर समुहका ५७ प्रतिशत जनसंख्या साक्षर भैसकेका छन् ।

 

सरकारले साक्षर अभियान अन्तर्गत हालसम्म करिब ७ अर्ब रुपिया खर्च भैसकेको छ । सरकारले २०६९ सालदेखि १५–६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गरेको थियो । नेपाल समाचारपत्रबाट