काठमाडौंमा २३ देशका ८३ जना उच्च सैनिक गुप्तचरहरु

काठमाडौँ भदाै १८। नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड गुप्तचर निर्देशनालयले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनका लागि विभिन्न २३ देशका झण्डै एक सय भन्दा बढी सैनिक गुप्तचर अधिकारीहरु काठमाडौँमा भेला भएका छन् ।

 

सैनिक जनसम्पर्क निर्देशनालयले बताए अनुसार पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ देशका ८३ जना उच्च सैनिक अधिकारीहरु सहभागी रहेकाछन्।

 

अमेरिकी सेनाको प्यासिफिक कमाण्ड अन्तर्गत ४६ देशहरु पर्छन्। त्यसमध्ये सम्मेलनमा २३ देशले मात्र सहभागिता जनाएकाछन् । नेपाली सेनाबाट २० जना सहभागी रहेकाले सम्मेलनमा सहभागी हुने सैन्य-गुप्तचर अधिकारीहरुको संख्या १०३ रहेको छ । सम्मेलनको उदघाटन कामु प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले गरेका थिए।