एक पुरुषको शव कञ्चनपुरको राधा नदी किनारमा फेला

कञ्चनपुर, भदौ १८ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने राधा नदीको किनारमा सोमबार एक पुरुषको शव फेला परेको छ ।पूर्व–पश्चिम राजमार्ग नजिकैको क्षेत्रमा पार्कीको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन् ।

 

शव भीमदत्तनगरपालिका–२ उल्टाखामका करिब ४५ वर्षीय कल्याण पार्कीको रहेको प्रहरी जनाएको छ ।शवलाई पार्कीका भाइ दानबहादुर पार्कीले दाजुको शव भनेर पहिचान गरेका हुन् ।

 

कल्याण घरबाट चार दिनअघि हराएका थिए । मृतका एक छोरा र दुई छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निकुञ्जका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।