ढुंगाले लागेर अछाममा एक किशोरीको मृत्यु

अछाम, भदौ १८ । अछाममा ढुंगा लागेर आइतबार एक किशोरी मृत्यु भएको छ । मृत्यु हुनेमा चौपाटी गाउँपालिका–४ पायलका दत्ते धामीका १५ वर्षीया छोरी भगवती धामी रहेको स्थानीय धनबहादुर धामीले जानकारी दिए ।

पायलको पारी वनमा जंगलबाट दाउरा ल्याउने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा लागेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । उनी वैजनाथ माविमा कक्षा ६ मा अध्ययनरत थिइन् ।