कांग्रेस नेता पौडेल भन्छन् व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिन्छु

तनहुँ, भदौ १९ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

 

रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भन्नुभयो । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,” वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

 

उहाँलेलोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पुरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गनुपर्नेमा जोड दिँदै उहाँले विकासका योजनालाई केन्द्रीकरण होइन सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्छ भन्नुभयो । मुलुकी संहिता २०७४ कुनै पार्टी विशेषले नभइ सबै पार्टीले बनाएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले प्रेस स्वतन्त्रता र स्वास्थ्य क्षेत्रमा देखिएका असन्तुष्टिका स्वरलाई संशोधन गरी सुधार गर्दै लानुपर्ने धारणा राख्नुभयो । रासस