संसद् बैठक समक्ष पेश दुई प्रस्ताव स्विकृत

काठमाडौं भदाै १९। प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले संसद् बैठक समक्ष पेश दुई प्रस्ताव स्विकृत भएका छन् । “वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५ लाई सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

 

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले “खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

 

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल विशेष कारणले बैठकमा उपस्थित हुन नसकेकाले उनका तर्फबाट मन्त्री महासेठले  सो प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २० गते बुधबार बस्ने भएको छ ।