एक महिनादेखि अवरुद्ध केरुङ्ग राजमार्ग खुला

काठमाडौं ,२० भदौ । विगत एक महिनादेखि अवरुद्ध केरुङ्ग राजमार्ग खुला भएको छ ।प्रजिअ कृष्ण पौडेलका अनुसार रसुवागढी नजिकको पहिरोमा पहरो फुटाली नयाँ ट्र्याक खोलिएपश्चात् मालवाहक सवारी साधन आवतजावत थालिएकोे हो ।

 

खुला भएसंगै रसुवा भन्सार कार्यालयले दैनिक १०० भन्दा बढी मालवहाक सवारीको जाँचपास गर्ने बताएको छ । वर्षाका कारण अवरुद्ध नेपाल चीनबीच रसुवाखण्डको राजमार्ग मगंलवार बेलुकाबाट पूर्णरुपले सञ्चालनमा आएको छ ।

 

धुञ्चे नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्र्याक खोली सोमबारबाट यातायात सञ्चालन गरिएको र रसुवाखण्डको पासाङल्हामु राजमार्ग र स्याफ्रुबेशी रसुवागढी खण्डमा कुनै अवरोध नरहेको प्रहरीले जानाएको छ । उहाँले मालवाहक कन्टेनरबाट सामान आयात तथा निर्यात गर्न सबै व्यावसायीलाई आग्रह गर्नुयभो ।

 

व्यापारीले धमाधम आयात गर्न शुरु गर्ने प्रक्रिया अगाडि बढाइसकेको र नेपाल सरकारका तर्फबाट रसुवा भन्सार कार्यालयले दैनिक १०० भन्दा बढी मालवाहक सवारी साधनको जाँचपास गर्ने व्यवस्था मिलाउन लागिएको छ ।

 

राजमार्ग खोल्ने कार्यमा नेपाली सेना कालीजङ्ग गणका गणपति शीतल बानियाँसहित डिभिजन सडक कार्यालयका प्राविधिक परिवार र सुरक्षा अङ्गका सबै निकायसमेतका महत्वपूर्ण योगदान रहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।