प्रहरीकाे अर्काे सफलता दुई किलो सुन र चार किलो चाँदीसहित एक जना पक्राउ

चितवन, २० भदौ । प्रहरीले अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदीसहित राजेन्द्र शिवाजी पटेल पक्राउ परेका छन ।

 

नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई सो परिमाणको सुन चाँदीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो ।सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले पर्याप्त सुन नदिएको भन्दै आन्दोलन गरिरहेको बेला अवैध सुन चाँदी बरामद भएको हो ।