आठ स्थानीय तहमा बैंक नहुँदा बझाङका सेवाग्राही मर्कामा

बझाङ, भदौ २० । नेपाल सरकारले स्थानीय तहमा काम काज गर्न सुरु गरेको झण्डै डेड पर्ष विती सक्दा पनि बझाङका आठ वटा स्थानीय तहहरुमा अझै सम्म पनि बैङ्कहरु स्थापना हुन नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल सरकारले स्थानीय तह स्थापना हुने बेला नैसेवा पुर्याउने लक्ष्य राखेता पनि हालसम्म जिल्लाका अधिकाशं स्थानिय तहहरुमा बैङ्क सेवा नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

 

सरकारले गएको चैत्र महिनाभित्र सबै स्थानीय तहहरुमा बैङ्क पुर्याउने लक्ष्य राखेको भएता पनि बझाङका आठ स्थानीय तहमा अझैसम्म पनि बैङ्क सेवा पुग्न नसकेपछि सरकारको केन्द्रिकृत अधिकार गाँउमा गएको भन्ने भनाइमा कुनै तुक नभएको स्थानियको आरोप छ ।

 

गाँउपालिकाबाट चेक लिएर चैनपुर जान चार दिन, र काडाँ पुग्न चार दिन आउन गरि झण्डै १० दिन जती लाग्ने गरेको साइपाल गाउँपालिका काँडाका जसवीर बोहराले दुखेको गरेका छन् । उनले भने,–‘सरकारले चैत्रभित्र सबै स्थानीय तहहरुमा बैङ्कहरु स्थापना गर्ने भनेर भनेको सुनेका थियौँ तर अहिलेसम्म भने कुनै अत्तोपत्तो छैन् ।’

 

सदरमुकामको चैनपुरसहित मष्टा गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैङ्कको शाखाहरु स्थापना गरी कारोबार सञ्चालन गरेको भएपनि केदार स्यू गाउँपालिकाको झोतामा नेपाल ईन्भेष्टमेन्ट बैङ्क, चिर बिथ्थड गाउँपालिकाको देउलेखमा नविल बैङ्कको शाखा कार्यालय स्थापना गरेको भएपनि यी स्थानिय तहहरुको कारोबार भने सञ्चालन गरेको छैन् ।

 

यी बाहेक जिल्लाका सात वटा गाउँपालिका र एक नगरपालिकामा समेत बैङ्क नपुगेपछि स्थानियहरुले सास्ति बेहोर्नु परेको छ । योजनाको भुक्तानी लिन चैनपुरमा जानु पर्दा समस्या भएको थलारा गाउँपालिका–२ का मानबहादुर खाती बताउँछन् ।