करेन्ट लागेर बाजुरामा दुई जनाको मृत्यु

बाजुरा, भदौ २० । बाजुराको बुढीनन्दा नगरपालिका ३ कुन्ना सिराडीमा करेन्ट लागेर दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ मेलढुस्काकी ४५ वर्षिय साउनी कला बोहरा र ५० बर्षिय बुधे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

बुधबार दिउसो गाउँ नजिकै रहेको खेतबारीमा काम गरिरहेका बेला बड्ड्ीगाड खोला लघु जलविद्युतको तार चुट्टिएर खेतमा परेको अवस्थामा करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

स्थानियले जलविद्युत आयोजनाको लापरवाहिका कारण तार चुटिदा पनि पुनः मर्मत नगरेकाले करेन्ट लागेको स्थानीयले बताएका छन् ।

साउनी कला बोहोराको दिउसो खेतमा गएका बेला करेन्ट लागेर मृत्यु भएको र उनलाई उद्धारमा गईरहेको बेला बुदे बोहोराको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय आफन्तहरुले बताएका छन् ।

 

घटना भएको स्थल बाजुराको सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दुरीमा रहेको छ । घटना स्थल तर्फ विमान स्थल सुरक्षा गार्ड कोल्टीबाट प्रहरीको टोली त्यस तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।