अब यसरी गर्नुहोस सजिलै घरेलु उपचार,औला दुख्ने र अपठ्यारो हुने गरी नङ पलायो ?

एजेन्सी । नङ सुन्दरताको एक अङ्ग हो। जिउडाल मिलेको शरीर चिटिक्क परेर मात्रै सुन्दरताले पुग्दैन हुदैन। शरीरक विभिन्न अङ्गहरु पनि मिलेको हुनुपर्छ । जसमध्ये नङ पनि पर्दछ । तर कहिलेकाहीँ छालाभित्र नङ नराम्रो पलाउने, अफ्ठ्यारो गरि पलाउने जसले पिडा दिन्छ ।

यस्तो बेलामा पिडा नहुने गरि नङ काट्नु पर्दछ । बल जबर्जस्ति गर्नु हुदैन । हामी आफैले सजिलो तरिकाले निकाल्न पनि सक्छौ ।

यस्ता छन् सजिलो घरेलु उपाय:ढिक्के नून

ढिक्के नूनले धेरैथरी रोगको उपचार गर्छ । भित्रभित्रै नङ बढ्ने समस्या पनि यसले ठीक पार्छ ।ढिक्के नूनलाई तातो पानीमा हाल्नुस् । अनि आधी घन्टासम्म त्यो पानीमा औंला चोप्नुस् । नङ वरपरको टिस्यु काट्नका लागि छाला नरम बनाउनुपर्ने हुन्छ । यसो गर्दा काट्न सजिलो हुन्छ । र सजिलै काट्न सकिन्छ ।

 

काटिसकेपछि नङ भएको ठाउँ धुनुस् र एन्टीबायोटिक क्रीम लगाउनुस् । नङ काटिएको भागलाई एन्टीबायोटिक क्रीमको सुरक्षा आवश्यक हुन्छ । यसले संक्रमण हुन दिँदैन । अनि सफा ब्यान्डेजले बाध्नुहोस् ।