डलर भाउले महँगिदै दसैँ !

काठमाडौं, भदौ २२ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो ।

 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि ताकेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिद दर ११४।५१ रुपैयाँ र विक्रि दर ११५।११ रुपैयाँ निर्धारण गरेको छ । २०७० भदौदेखि एक डलरका लागि १ सय रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको हो ।

 

डलर बलियो हुने क्रम निरन्तर कायम रहेपछि २०७५ मा एक अमेरिकी डलर खरिदका लागि ११५ रुपैयाँभन्दा धेरै खर्च गर्नु पर्ने भएको छ । कारोवार दैनिकले छापेको खबर छ ।