संकटमा पर्दै कंगना रनौटाको करिअर

नयाँदिल्ली भदाै २२। बलिउडमा कंगना रनौट चर्चित अभिनेत्री हुन् । उनको अभिनयको चर्चासँगै बलिउडमा टिक्नका लागि गरेको उनको मेहनतको चर्चा पनि कम छैन । तर पछिल्लो समय भने उनको करिअर नै धर्मराउने अवस्था आएको छ । उनले आफ्ना ‘दुस्मन’ सूचीमा निरन्तर थप गरिरहेकी छन् ।

 

कंगनाले तीन पटक नेशनल अवार्ड जितेर कमल हसन, नाना पाटेकर र नसिरुद्दिन शाह जस्ता अभिनेताको स्तरमा आफूलाई उभ्याएकी छन् । तर यसरी निरन्तर दुष्मणहरु थप गर्दै जानुले उनको करिअरमा पनि बाधा पुग्ने फिल्म समिक्षक अर्नब बनर्जीको भनाई छ । २००६ मा ग्यांगस्टारदेखि पछिल्लो रिलिज फिल्म सिमनसम्म उनले लामो र विवादित यात्रा गरेकी छन् ।

 

कंगना हालका दिनमा चर्चामा आउनुको कारण उनको फिल्म मणिकर्णिकालाई सोनु सुदले छाडेपछि उत्पन्न विवाद हो । सुदले कंगनामा निर्देशकका रुपमा क्षमता नरहेकोसमेत बताएका छन् ।

 

मणिकर्णिकाका निर्देशक कृषले कुनै कारणले फिल्म बिचैमा छोडेपछि कंगनाले फिल्मको बाँकी काम गरिरहेकी छन् । पछिल्ला केही वर्षमा कंगनाले तिब्र रुपमा आफ्ना विरोधी जन्माइरहेका छन, जसमा सोनु सुदको नाम पनि जोडिएको छ । आजभोली कंगनालाई कामको कमी छैन । उनीसँग ४ वटा फिल्मका काम छन् । अर्नबले भने, ‘फिल्ममेकिंग एक टिम वर्क हो, यसरी सबैबाट टाढिँदै गएपछि यसको असर काममा पर्छ। र मानिसहरु तपाईँलाई विर्सँदै जानसक्छन् ।

 

कंगनाले गत वर्ष करण जौहरलाई उनकै शो मा मुभी माफिया र फिल्मका माध्यमबाट नपोटिज्मलाई बढाएको बताएकी थिइन् । यसपछि करण र उनका निटकहरुले कंगनासँग दुरी बनाएका छन् ।

 

उनले यो फिल्म चलेन भने उनलाई केही नोक्सान हुने भन्दै तर ठूला कलाकारका एक दुई फिल्म नचल्दैमा सामान्य असर परे पनि कुनै एक सफल फिल्म आएमा उनीहरुको करिअरले रफ्तार समातिहाल्ने बताए । यस्तो अक्षय कुमार, करिना कपुर, अअजय देवगण जस्ता कलाकारसँग पनि भएको उनले बताए । उनले अहिले नै कंगनालाई काम नपाइने अवस्था नरहेको बताए ।