मुलुकी संहिता एेन संशोधनको माग गर्दे बानेश्वरमा पत्रकारको धर्ना

काठमाडौं ,२२ भद । मुलुकी संहिताको बिरोधमा आज पत्रकारहरुले बानेश्वरमा प्रदर्शन गरेका छन् । मुलुकी संहितामा हाल रहेको व्यवस्था हुवहु कार्यान्वयन भएमा सार्वजनिक स्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले गरेका गलत क्रियाकलापबारे पनि प्रश्न उठाउन नसकिने अवस्था आउने भएकाले मुलुकी संहिताको केही बुंदाको भने संसोधन अपरिहार्य रहेको पत्रकार महांघले बताएको छ ।

 

प्रदर्शनमा नेपाल पत्रकार महासंघसँगै प्रेससँग सम्बन्धित विभिन्न संघसंस्था तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो । उक्त प्रदर्शनमा उपस्थित पत्रकारहरुले आफ्ना सञ्चार सामग्री भुइँमा राखेर कालो ब्यानरसहित बानेश्वरको सडकमा धर्ना बसेका थिए ।

बाँकि तस्विर हेराैँ