अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटना

काठमाडौं भदौ २३। गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर धादिङको वत्सला मावि नजिक दुर्घटनामा परेको बताइएको छ ।

 

कल साइन ९ एन–एएलएसको हेलिकोप्टर हेलिकोप्टर गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ७ यात्रु बोकेर उडेको थियो । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव बहादुर तिवारिले धादिङको सत्यवतीको उत्तरतर्फ दुर्घटना भएको सूचना आएको जनकारी दिए ।

 

सो हलिकोप्टर क्याप्टेन निश्ल केसीले उडाएका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिए ।