बझाङमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

बझाङ, भदौ २३ । बझाङमा भालुको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् ।बिहान घरबाट त्रित्यासाइन छानामा पशु चौपायाको हेरचाहा गर्न जाने क्रममा चौहानलाई भालुले आक्रमण गरी घाइते बनाएको आफन्तले जानकारी दिए ।

 

खप्तड छान्ना गाउँपालिका–७ अदालाका भैरम चौहानलाई भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन् ।

 

घाइते चौहानको अनुहार, पाखुरा, तिग्रामा चोट लागेको छ । ६ बजे भालुले आक्रमण गरी घाइते भएका चौहानको ५ घण्टा पछि ११ बजे होस खुलेको थियो । उनको उपचार अहिले नजिकै रहेको गडराय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।