५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल

काठमाडौं भदाै २४। नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २(० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह एु को बिजेता पनि बन्यो ।

 

नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान विरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले त्यस यताका दुई खेल जितेर प्रतियोगितामै उत्कृष्ट पुनरागमन गर्‍यो । नेपालको जितमा ३३ औं मिनेटमा बिमल घर्तीमगर र ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे ।

 

नेपाल साफ च्यम्पियनसिपको इतिहासमा सेमिफाइनल पुगेको यो चौथोपटक हो । यसअघि सेमिफाइनल पुगेको तीन उपलब्धि विदेशी प्रशिक्षकको नेतृत्वमा प्राप्त भएको थियो ।

 

यसपल्ट नेपाली प्रशिक्षक बालगोपाल महर्जनले यो उपलब्धि हात पारेका छन् । विदेशी प्रशिक्षकमा सन् १९९९ मा जर्मनका फ्राङ्क स्टेप्लर, २०११ मा इंग्ल्यान्डका ग्राहम रोबर्टस् र २०१३ मा प्युटोरिकोका ज्याक स्टेफेनोस्कीले नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

नेपालले अब सेमिफाइनलामा खेल्ने प्रतिद्वन्द्वीको निर्णय आइतबार भारत र माल्दिभ्सबीच हुने खेलले गर्ने छ ।,आजको कान्तिपुर दैनिकबाट ।