आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कर संकलका लागि समग्र कार्यालयको सुचकांकमा देशभरीमै उत्कृष्ट

कञ्चनपुर, भदौ २४ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कर संकलका लागि समग्र कार्यालयको सुचकांकमा देशभरीमै उत्कृष्ट भएको छ ।कार्यालय अन्र्तगत रहेका बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुर जिल्लाका करदाता, उद्योग बाणिज्य संघ, व्यवसायी र कर कार्यालयका कर्मचारीको प्रयासले कार्यालय देशमै उत्कृष्ट भएको प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए ।

 

आव ०७४र७५ का लागि तोकेको लक्ष्य भन्दा २३ प्रतिशत बढी राजस्व संकलन र समग्र कार्यालयको सुचकांकमा उत्कृष्ट कार्य सम्पादन गरी नेपाल सरकारको निर्णय अनुसार अन्तर राजस्व कार्यालय तर्फ देशमै प्रथम भएको हो ।

 

गैर नेपाली व्यवसायीले राजस्व छलि गर्ने समस्या विद्यमान रहेको पाईए पछि प्रहरीको सहयोग लिई कार्वाही गरिएको उनले बताए । विशेष गरी भारतीय व्यापारीहरुले व्यवसाय सञ्चालन गरी राजस्व छलि गर्ने र कार्वाहीको प्रकृया अगाडी बढाए पछि भारतमा भागेर जाने समस्या निकै चुनौतिपूर्ण रहेको थियो उनले भने, “हाल राजस्व छलि गर्ने दुई जना गैर नेपाली व्यवसायी माथि कार्वाही गरि जरिवान तिराईएको छ । अन्य माथि समेत निगरानी बढाएका छौं ।”

 

‘करको दायरामा नआएका ठुला देखि साना व्यवसायीलाई करको दायरामा ल्याउनका लागि कटिवद्ध भएर स्वयं आफै बजार अनुगमनमा खटिएको छाै ।

 

बजार अनुगमन गर्ने, विल लिने दिने बानीको विकास गर्ने, भ्याटमा दर्ता नभएका, स्वदेशि मदिराको इजाजात लिएका तर विदेशी मदिराको कारोवार गर्ने गरेका, खरिद प्रमाण पत्र नभै विदेश बाट मालबस्तुको व्यवसाय गरेका उपर निगरानी बढाई करको दायरामा ल्याउनका लागि प्रकृया अगाडी बढाईएको उनको भनाइ छ ।

 

निरन्तर बजार अनुगमन, अनुसन्धान, करको दायरा विस्तार, कर शिक्षा, कर परिक्षण, अन्तर निकाय संगको सम्बन्ध विस्तारले यहाँ सम्म आईपुगेका छौ अधिकृत शर्माले भने,“बजारमा विज विजक जारी नगर्ने, कर सम्बन्धि खाता अद्याबधिक नगर्ने, अन्त शुल्क व्यवसायको प्रमाण पत्र नलिने, नविकरण नगर्ने उपर विशेष निगरानी राखेपछि लक्ष्य भन्दा अगाडी बढन संभव भएको छ ।”

 

डडेल्धुरामा कर सेवा कार्यालय खोल्ने तयारी

पहाडी क्षेत्रका व्यवसायीलाई सुविधा पुरयाउनका लागि डडेल्धुरामा कर सेवा कार्यालय स्थापना हुने भएको छ । कार्यालय स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणका कार्य अगाडी बढाइएको छ ।

 

थोरै राजस्व तिर्नका लागि समेत महेन्द्रनगर पुग्दा बढी लागत लाग्न थालेपछि सेवाग्राहीलाई सुविधा दिन कार्यालय स्थापनाको कार्यलाई अगाडी बढाएका हौं।,अधिकृत शर्माले भने ‘जस बाट साना व्यवसायी बढी लाभान्वीत हुने छन ।’

 

पेपरलेस कार्यालय बनाइँदै

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरलाई पेपरलेस बनाउनका लागि कार्य अगाडी बढाईएको छ । सबै शाखामा इन्टरनेट र कम्प्युरको व्यवस्था गरिएको छ । रजिष्ट्ररमा राखिने विवरण कम्प्युरमा राखिएको छ ।

 

विवरण हेर्नका लागि घण्टौं कुर्नु पर्दैन अधिकृत शर्माले भने, ‘कम्प्युटरमा राखेको विवरण एक छिनमै हेर्न सकिने बनाएका छौं ।’ अनलाईन प्रणालीको माध्यम बाट राजस्व बुझाउन सकिने व्यवस्था समेत गरिन लागेको छ । सूचना प्रविधि मैत्री जनशक्तिको समेत व्यवस्था भैसकेकाले उनको भनाई रहेको छ ।

राजस्व संकलनको अवस्था

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आब ०७४÷७५मा लक्ष्य भन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयलाई रु एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजस्व संकलन गर्ने लक्ष्य दिईएको थियो । कार्यालयले रु एक अर्ब ४७ करोड ९२ लाख २० हजार राजस्व संकलन गरेको छ ।

 

जस मध्ये आय कर रु ५७ करोड १० लाख २० हजार, बहाल कर तर्फ रु चार करोड ५० लाख एक हजार, व्याज तर्फ रु दुई करोड २८ लाख ३४ हजार, भ्याट तर्फ रु ४३ करोड ४६ लाख ५७ हजार राजस्व संकलन गरेको छ ।

 

यसैगरी, अन्तशुल्क तर्फ रु ३९ करोड ८६ लाख ४८ हजार, स्वास्थ्य सेवा तर्फ रु आठ लाख २५ हजार र शिक्षा तर्फ रु ६२ लाख ६२ हजार राजस्व संकलन गरिएको छ । राजस्व कार्यालयले गत बर्ष रु एक अर्व १९ करोड ३१ लाख पाँच हजार कर संकलन गरीएको थियो ।

कर दाताको संख्या

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा कर दातको संख्या ४१ हजार चार सय ७९ रहेको छ । मूल्य अभिबृद्धि करमा आवद्ध दुई हजार पाँच सय ७७, आय कर तर्फ २२ हजार आठ सय ३३, अन्त शुल्क तर्फ तीन हजार दुई सय २८, व्यक्तिगत९कर्मचारी० तर्फ नौ हजार आठ सय ३६ रहेका छन । नयाँ कर दाता तीन हजार थपिएका छन् ।

कर मिनाहा

आन्तरिक राजस्व कार्यालयले करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिन्हा दिने भएको छ । पौष मसान्त सम्म स्थायि लेखा नम्बर लिई आव ०७१र७२ देखि आव ०७३÷७४ सम्मको आय विवरण र सोमा लाग्ने कर बुझाएमा कर, शुल्क तथा व्याज मिनााहा गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, मूल्य अभिबृद्धि कर विवरण नबुझाउने करदाताको दर्ता खारेजी गर्ने प्रकृया समेत कार्यालयले अगाडी बढाएको छ । २०७१ साल सम्मको कर विवरण पेश नगर्ने कर दताहरुले २०७५ साल पौष मसान्त सम्म कर र विवरण दाखिला नगरे दर्ता खारेजी गरिने छ ।

 

आय विवरण बुझाउने करदातालाई कर, शुल्क तथा व्याज मिन्हा दिईने मुख्य कर अधिकृत लेखनाथ शर्माले बताए । उनका अनुसार मूल्य अभिबृद्धि कर विवरण बुझाउने करदातालाई जरिवाना, थपदस्तुर र व्याज मिन्हा दिने समेत निर्णय भएको छ उनले भने, ‘२०७४ सम्मको मूल्य अभिबृद्धि कर विवरण पेश नगर्ने, मूल्य अभिबृद्धि करमा दर्ता भएका कुनैपनि कर दाताले बुझाउनु पर्ने कर विवरण र मूल्य अभिबृद्धि कर रकम २०७५ पौष मसान्त सम्म बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर र व्याज मिन्हा हुने व्यवस्था गरिएको छ ।’

 

बक्यौता र जरिवाना समेत असुल गरिने बताईएको छ । शिक्षण संस्थाले सोही संस्थाको प्रयोजनका लागि स्वयंले सञ्चालन गरेका चमेना गृह र छात्रावास सेवा तथा धितो पत्र दलाल सेवामा विगतमा लागेको मूल्य अभिबृद्धि कर र सम्बन्धित कार्यालय बाट कर निर्धारणभै तिर्न बुझाउन बाँकि रहेको मूल्य अभिबृद्धि कर र सोमा लागेको जरिवाना र व्याज कार्यालयले मिन्हा गरेको छ ।

 

मूल्य अभिबृद्धि कर तर्फ इटा उत्पादन, मदिरा वितरक, वाईन सप, सफटवेयर लगायतका  पर्यटन, पर्यटक सवारी, हार्डवेयर, फर्निचर, मसाज थेरापी लगायतका व्यवसायलाई अनिवार्य दर्ता गरिनु पर्ने व्यवस्था लागु गरेको छ । अर्थ मन्त्रालयको आन्तरिक राजस्व विभाग अन्र्तगतको नीति तथा बिश्लेषण शाखाले राजस्व मिन्हा सम्बन्धिको नियम बनाई लागु गराएको हो ।

 

संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका सामाजिम संस्थाहरुले आब २०७४÷७५ को आय विवरण तथा सो अनुसार लाग्ने कर २०७५ पौष मसान्त सम्म बुझाएमा अघिल्ला बर्षहरुको जुनसुकै किसिमको विवरण, कर, जरिवाना, थप दस्तुर, शुल्क बुझाउनु नपर्ने गरी व्यवस्था गरिएको छ ।