मिश्रविरुद्धको सुनुवाइ आज

काठमाडौं भदाै २५। प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज सोमबार हुँदै छ । समितिको बैठकले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

 

उहाँविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग आइतबार सोधपुछ गरिएको थियो । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार वटा उजुरी परे पनि एउटा उजुरी फिर्ता लिइएको थियो ।

 

यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकोमा सुनुवाइ समितिले उहाँको नाम अस्वीकृत गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतताका आधारमा न्यायाधीश मिश्रको नाम संवैधानिक परिषद्मा पठाएको थियो । सर्वोच्च अदालत विगत पाँच महिनादेखि नेतृत्वविहीन छ ।आजको नेपाल समाचारपत्रबाट।