शिशुलाई जन्म दिँदा आमालाई किन हुन्छ पीडा ?

काठमाडाै भदाै २५। तपाईंले सम्भवतः वास्तविक जीवन या चलचित्रको पर्दामा गर्भवती महिलाले बच्चा जन्माइरहेको पक्कै देख्नुभएको होला । महिलालाई बच्चा जन्माउने समयमा निकै पीडा हुन्छ । मानव पनि जीवजन्तुको वंशज परिवारको सदस्य हो । तर, बच्चा जन्माउँदाचाहिँ मानव स्त्रीलाई मात्र किन यति पीडा हुन्छ रु विभिन्न खोज तथा तथ्यका आधारमा हामी यसबारे जानकारी दिनेछौँ स्

 

(यस प्रश्नको जवाफ महिलाको पेल्विस ९कमर–हिपको हड्डीको समूह०सँग हुन्छ । अन्य स्तनधारीको तुलनामा मानिसको पेल्विसको आकार अधिक गोलाकार हुन्छ । गर्भास्थ जीवको शिरबाहिर पोथीको शरीरको भाग हुन्छ । अन्य जनावरभन्दा मानवको शिरको आकार निकै ठूलो हुन्छ । यसरी निकै सानो स्थान ९प्वाल० बाट शिशुलाई बाहिर निकाल्न महिलालाई निकै कष्ट हुन्छ ।

 

(यसले महिलाको पेविल्स किन यति सानो हुन्छ रु भन्ने प्रश्न भने पक्कै आउँछ । किन यो ठूलो र फैलिएको छैन रु जसले गर्दा बच्चा बाहिर आउन सजिलो होस् र दुखाइ कम होस् । यसको जवाफ हाम्रो सीधा उठेर हिँड्ने क्षमता या कुशलतामा भर पर्छ । यसरी सीधा उभिएर हिँड्ने क्षमता दुई चिजसँग सम्बन्धित छ । एउटा हाम्रो पेटको सहाराका लागि र अर्को हिँड्न र दौड्न ।

 

(चिम्पान्जी र गुरिल्लाजस्तै चार हात र खुट्टाका सहायताले हिँड्ने प्राणीमा पेटभित्रका अंगहरूको भारलाई पेटको बलिया तीन तहका मांसपेशीको मोटो पर्खालले समर्थन गर्छन् । मानव विकासक्रमको क्रममा हाम्रा पुर्खाहरू खुट्टाका भरमा उभिएन थालेपछि पेटका अंगको भार पेविल्समा पर्न थाल्यो । यसलाई सम्हाल्न तलतिर कुनै चिज हुन आवश्यक भयो । दुई खुट्टाका सहायताले हिँड्ने मानिसमा पछि हर्नियाको समस्या हुन थाल्यो । हर्निया एउटा यस्तो अवस्था हो जुन, आँतजस्ता खतरनाक अंगमा दबाब पर्छ र खाली ठाउँमा धसिएको जस्तो हुन्छ । अब हाम्रो आँतलाई यो समस्याबाट बचाउन प्रकृतिले नै नयाँ सिर्जना गर्नु जरुरी छ ।

 

(हिँड्ने प्रक्रियाको विकास क्रममा हाम्रो पेल्विस क्षेत्रको मांसपेशी अधिक बलियो भएर लामो र वजनदार आँतलाई सहारा दिन थाल्यो ।

(पेल्विस सानो हुनुको अर्को कारण हाम्रो हिँड्ने–दौड्ने क्षमताले गर्दा हो । विकास क्रममा हाम्रो घुँडाबाट पेविल्सलाई जोड्ने हड्डीभित्रबाट यसरी मोडिन थाल्यो । हाम्रो घुँडा शरीरको गुरुत्वाकर्षणभन्दा तल पर्न गयो । यो अवस्था जीव र मानवमा फरक छ । यसरी हड्डीको अवस्थामा भएको परिवर्तनका कारण मानिस सजिलै हिँड्न थाले र लामो दूरीको दौड पनि सम्भव भयो । मानवको तुलनामा चिनपान्जीजस्ता जीव निकै कठिनतवरले हिँडेको हामी देख्न सक्छौँ ।

 

(यसरी पेल्विसको परिवर्तनले डेलिभरीमा गाह्रो बनायो । विकास क्रमको प्रक्रियामा पेविल्स साँघुरो हुँदै जाने क्रममा शिशुलाई जन्म दिन गाह्रो हुँदै गयो । यससँगै गर्भमा रहेको शिशुको टाउँकाको आकार पनि ठूलो हुँदै गयो । अर्कोतर्फ शिशुको टाउकाको हड्डी पनि यसरी मुलायम हुन थाल्यो कि त्यो योनीमार्ग हुँदै बाहिर आउँदा हुने पीडा सहन सकियोस् । त्यसै कारण क्रम विकासको क्रममा शिशुको टाउको कडा हुनभन्दा पहिले नै जन्म हुन थाल्यो ।

 

(फल स्वरूप मानिसको नवजात शिशुको अन्य जनावरको तुलनामा कम विकसित अवस्थामा जन्म हुन थाल्यो । जन्मको क्रममा उनीहरूको तन्त्रिका तन्त्रको अपरिपक्वता यस प्रकारले झल्किएको छ कि उनीहरू अन्य प्राणीको नवजात शिशुहरू जस्तै जन्मनसाथ चाँडै हिँड्न सक्दैनन् । तिनीहरूले बाँदरका छोराछोरीले जस्तै आमालाई चिन्न सक्दैनन् । यति शक्तिहीन हुन्छन् कि तिनीहरु आफ्नो हातले कुनै वस्तुलाई कसेर समाउन पनि सक्दैनन् । शिशु अवस्थामा मज्जाले दौडिन या हिँड्न सक्दैनन् । यसरी अन्य जीवको तुलनामा शिशुको विकासम्रकको समय केही लामो हुन्छ ।

 

(यी सबै चीजसँग सम्बन्धित अर्को रोचक पक्ष के छ भने विकासम्रमका क्रममा हाम्रा शिशुलाई निकै असहाय बनाइयो । तर, उनीहरूको हेरचाह गर्न पुरुष र स्त्री सम्बन्ध लामो समयसम्म बनेको बन्नु अर्को सकारात्मक पक्ष हो । शिशुलाई आमा–बुबा दुवैले राम्रोसँग हेरचाह गर्छन् । यद्यपी, आमाको भूमिका बाबुकोभन्दा केही महत्वपूर्ण भने पक्कै हुन्छ ।

 

(सारांशमा भन्नुपर्दा दुई खुट्टाको सहारामा सुविधाजनक रुपमा उभिने अवस्थाको विकासक्रमले हामीलाई दुईवटा कुरामा घाटा भएको छ । पहिलो, यो कि आमाको पेल्विसबाट जन्म लिन शिशुलाई गाह्रो भयो । दोस्रो, असहाय शिशुलाई लामो समयसम्म आमाबुबाको सहारा लिनु पर्यो । यसरी, मानव सभ्यता र संस्कृतिको उन्नतिको लागत हामी बच्चालाई जन्म दिने पीडा संगै तिरिरहेका छौँ ।n.p