प्रशासकहरुले जनताको सेवकका रुपमा काम गर्नुपर्छ :गृहमन्त्री थापा

काठमाडौँ भदाै २५। गृहमन्त्री रामबहादुर थापा‘बादल’ले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

 

विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको उनको भनाई छ । उनले भने, ‘ केही प्रशासकहरु भ्रष्टचार गर्छन, काममा जानाजान ढिलासुस्ती गर्छन भन्ने आरोप लाग्ने गरेको छ । यसलाई तपाईहरुले चिर्नुहोस् । ’अहिलेको नियम कानुन प्रशासकहरुले बुझ्नका लागी समेत यो तालिम उपयोगी हुने गृहमन्त्रीको भनाई छ ।

 

सोमबार नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तिन महिने सेवाकालीन तालिमलाई संवोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धी र विकासमा योगदान गर्ने उद्देश्य सहित सबै प्रशासकले काम गर्नुपर्ने बताए ।

 

कार्यक्रममा कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिव राजिव गौतमले प्रशासकहरुले अर्ध न्यायिक निकायको रुपमा समेत काम गर्नुपर्ने भएकोले तालिम पश्चात काममा सहजता पदान हुने विश्वाँस व्यक्त गरे ।

 

गृहमन्त्रीले भने,‘ हामीले अपराधलाई नियन्त्रण गर्न सक्यौ, अपारधीलाई दण्डित गर्न सक्यो नागरिकको रक्षा गर्न सक्यो भने मात्रै सफल हुन्छौं । यसका लागि विधिसम्मत ढंगले कार्य गर्न जरुरी हुन्छ ।