एक दाना रुद्राक्षलाई ३५ हजार कर

मोरङ भदौ,२५ । प्रदेश १ सरकारले बनाएको आर्थिक ऐन २०७५ अनुसार एउटा रुद्राक्षको जिल्ला निकाशी शुल्क ३५ हजार रुपैयाँसम्म तोकिएको हो । प्रदेश सरकारले रुदाक्ष जिल्ला निकाशी गर्दा २६ र २७ मुखे रुदाक्ष प्रतिगोटाको शुल्क ३५ हजार रुपैया तोकेको छ ।

 

आर्थिक वर्ष ०७५र७६ का लागि प्रदेश सरकारले कृषकले उत्पादन गरेको कुखुरा जिल्ला निकासी गर्दा प्रतिगोटा पाँच रुपैयाँ र चल्ला निकासीलाई निःशुल्क गरेको छ।चल्ला जिल्ला निकासी कर पनि लाग्थ्यो । मोरङ जिल्लाले गतबर्ष चल्ला निकासीमा प्रतिगोटा १५ पैसा र कुखुरा प्रतिगोटामा २ रुपैया लिएको थियो ।

 

त्यस्तै २२, २३, २४ र २५ मुखे रुदाक्षको जिल्ला निकासी कर प्रतिगोटा १९ हजार रुपैयाँ तोकिएको छ । २१ मुखे रुदाक्ष जिल्ला निकासी गर्दा २५ हजार ताकिएको छ । प्रदेश १ का पहाडी जिल्लाहरुमा रुद्राक्ष उत्पादन हुन्छ ।