टाउकोमा र घाँटी छुरा प्रहार गरी व्यापारीको हत्या

झापा । झापमा एक व्यवसायीको अपहरणपछि हत्या भएको छ । कपडा व्यवसाय गर्दै आएका कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको प्रहरीले जानकारी दिएको छ । हरीकाअनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीस्थित विनोद यादवको खेत नजिकै रहेको नालामा मंगलबार बिहान भेटिएको हो। मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको देखिन्छ ।

 

घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको छ। प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार सोमबार बेलुका उनी अपहरणमा परेका थिए । करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका उनी अपहरणमा परेका थिए ।

 

सद्धामसँग गएका पौडेल राति अबेरसम्म नफर्किएपछि उनी अपहरण परेको भनी श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएका थिए। अपहरणमा परेको सूचना पाएलगतै प्रहरीले उनको रातभर खोजतलास गरेका थिए।