द भ्वाइस अफ नेपालमा जजहरुले एउटै लुगा लगाउनुको रहस्य खोले प्रमोदले, यस्तो पो रैछ कारण

काठमाडाै।  नेपाल आइडलपछिको चर्चित रियालिटी शो हो द भ्वाइस अफ नेपाल । अहिले यो रियलिटी शोले निक्कै चर्चा बटुली रहेको छ । अझ यो शोमा अहिले लुगाको कारणपनी निक्कै चर्चा भएको छ ।

 

यो शोले ६ एपिसोड सकिइसक्यो । ६ एपिसोड सकिँदासम्म सबै कोचले पहिलो एपिसोडदेखि छैटौं एपिसोडसम्म एउटै कपडा लगाए । कोच दीप श्रेष्ठले नीलो सर्ट र कालो सुट, कोच अभया सुब्बाले कालोमा फुलबुट्टा भएको लेदरको ज्याकेट र ग्रन्च जिन्स पाइन्ट, कोच सनुप पौडेलले कलेजी टिसर्ट नीलो ज्याकेट तथा कोच प्रमोद खरेलले नीलो टिसर्ट र हरियो ज्याकेट ।उनिहरुको सधैं एउटै लुगा भएकाले पनि दर्शकको ध्यान तानेको छ । अझ नेपालअां अहिले सम्मकै फरक शो भएकाले पनि दर्शकले नजर हटाउन सकेको छैन । फ्रेन्चाइजका अन्य विदेशी शो नहेरेका वा हेरेर पनि यसतर्फ ध्यान नदिएका दर्शकलाई यसले अचम्मित तुल्यायो । यसबारे प्रमोद खरेलले एक ट्वीटर प्रयोगकर्ताले उठाएको प्रश्नमा जवाफसमेत दिएका छन् ।

 

शोको नियम नै यस्तै भएकोले सबै कोचहरुले सधैं एउटै ड्रेस लगाउने गरेका हुन् । ब्लाइण्ड अडिसनसम्म कोचहरुले एउटै ड्रेस लगाउने यो शोको फम्र्याट हो । यसका विदेशी संस्करणहरु भ्वाइस अफ अमेरिका, भ्वाइस अफ इण्डिया लगायतमा पनि कोचहरुले यस्तै गरी एउटै ड्रेस लगाउँछन्