सर्वाेच्च फर्केका न्यायाधीश जाेशी कामविहीन

काठमाडौं भदाै २६।प्रधानन्यायाधीश मिश्रले अदालतमा उपस्थित सबै न्यायाधीशको नाममा पेशी तोके । तर , न्यायाधीश दीपकराज जोशीको नाम मुद्धा हेर्ने कजलिष्टमा राखेनन् । सोमबार प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति भएपछि जोशी स्वागत गर्न सर्वोच्च आएका थिए । जोशी सोमबारसम्म बिदामा थिए । मंगलबार बिहानै उनी सर्वोच्च अदालत पुगे । तर उनलाई कुनै मुद्दा हेर्न दिइएन । मुद्धा हेर्न नदिएपछि जोशी कार्यकक्षमा बसिरहेका छन्।

 

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले मंगलवार १० वटा इजलाशका लागि पेशि तोकेका छन् । जसमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल बाहेक अन्य संयुक्त इजलाश छन् । गत साउन १८ गते शुक्रवारको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय गरेपछि जोशी विदामा बसेका थिए ।

 

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि लामो समय घर बिदामा बसेर सर्वोच्चमा हाजिर भएका न्यायाधीश दीपकराज जोशीका लागि पेशी नतोकिए पछि कामविहीन भएका छन् । सोमबार प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्रले शपथ लिएलगत्तै मंगलबार प्रधानन्यायाधीशका हैसियतमा पेशी तोकेका थिए ।