उच्चस्तरीय छानबिन समितिका सदस्यले दिएको राजिनामा प्रकरणको पनि छानवीन हुने !

काभ्रे,भाद्र २६ ।गृहमन्त्री रामबहादुर थापाले किशोरी हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्यले दिएको राजीनाममा बारे छानबिन गरिरहेको बताएका छन् ।

 

काभ्रेको बनेपामा जिल्ला सहकारी संघलेम‌ंगलबार आयोजना गरेको ५१औ‌ं स्थापना दिवस तथा ३७ औं वार्षिक साधारणसभा कार्यक्रम पछिपत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामा बारे छानबिन गरिरहेको बताए।

 

मन्त्री थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको भन्दै विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्‍याउने विश्वास व्यक्त गरे। ुविकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ,ु उनले भने।

 

नले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई संकलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताए। कार्यक्रममा जिल्ला सहकारी संघको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति र संघरसंस्थालाई सम्मान गरिएको थियो।

 

मन्त्री फेरबदल हुने कुरा हल्ला मात्रै भएको भन्दै उनले पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको बताए।