५ वर्षीय छोरीको हत्या आरोपमा बुवा पक्राउ

बाजुरा, भदौ २६ । बाजुराको त्रिवेणी नगरपालिका–७ दगडामा ५ वर्षीय छोरीको हत्यापछि ८ दिनसम्म ढुंगाले च्यापेर लुकाएको आरोपमा ४५ वर्षीया बुवा पक्राउ परेका छन् ।

 

मंगलबार सोही नगरपालिका–७ का वडा अध्यक्ष पे्रम थापाले घटना बारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीसहित गएको प्रहरीको टोलीले घटनामा आरोपित बुवा धनबहादुर अयडीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

 

आफ्नै छोरीको हत्यापछि घरदेखि २५ मिटर टाढा ढुँगाले च्यापेर लुकाएको अवस्थामा ५ वर्षीया छोरी रेजिना अयडीको शव भेटिएको घटनास्थलबाट प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

 

घटना भएको ८ दिनपछि प्रहरीले जानकारी पाएपछि घटनास्थल तर्फ जाँदा मृतक वालिकाको लास ढुंगाले च्यापेर सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक भण्डारीले बताए ।

 

प्रहरीले घटनास्थल तर्फ गई घटनाको बारेमा बुझ्दा आफ्नै नावालक छोरीको हत्या गर्ने बुवा धनबहादुर अयडीलाई भाग्दै गरेको अवस्थामा पक्राउ पुर्जिपछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।