तपाईको अाज २०७५भदौ २७गते रासिफल यस्तो छ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। साँझतिर व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। 

 

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 

 

अवसरले पछ्याए पनि प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। कामकाे चाप बढे पनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। श्रम परे पनि बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। विवाद तथा मुद्दाहरूमा समेत प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

 

परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर स्थितिमा सुधार आउनुका साथै चिताएको काम बन्नेछ। 

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

 

छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। साँझतिर विश्वासपात्रबाट धोका हुनाले काम रोकिन सक्छ। 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

 

नियमित काम सम्पादन भए पनि नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुहोला। ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। साँझतिर प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सजिलै सम्पादन हुनेछन्। 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो 

परिवेश रमाइलो रहे पनि आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा तत्कालै फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्नेछ। साँझतिर स्थितिमा सुधार आउनाले दिगो फाइदा हुने काम सुरुवात हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। 

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते 

खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। 

 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु 

 

परिश्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ। साँझतिर आकस्मिक खर्च बढ्नाले सरसापट लिनुपर्ने हुन सक्छ। 

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ। 

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि 

परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगको नाममा झुक्याउनेहरूले दु:ख दिनेछन्। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला। अस्वस्थताका बाबजुद जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले नयाँ काम थालनी हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। 

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

 

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ।