विदेशमा समस्यै समस्या नेपालमा सरर, १८ अर्ब अमेरिकी डलर जरिवाना

काठमाडौं भदाै २७। चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन गरेको तथ्य भेटिएको छ।

 

उक्त तथ्य फेला परेपछि विश्वका थुपै्र मुलुकमा त्यस्ता गाडीको प्रयोगमा प्रतिबन्ध लगाइसकिएकको छ तर यसबारे नेपालमा भने हालसम्म सोधखोज भएको पाइएको छैन। सवारी प्रदुषण जाँच्ने यातायात व्यवस्था विभागले अहिलेसम्म आधिकारिक धारणा राखेको छैन। विषाक्त कार्बन उत्सर्जन गर्ने यस्ता साधन रहेको पाइएमा सम्बन्धित कम्पनीमा फिर्ता पठाउने नपठाउने भन्नेबारे नेपाल सरकारले नै सोच बनाएको छैन।

 

उक्त कम्पनीद्वारा उत्पादित विभिन्न १३ मोडलका ३ लाखभन्दा बढी गाडी भारतबाट भने सोही कम्पनीलाई फिर्ता गरिएको थियो।
सन् २०१५ सेप्टेम्बरमा अमेरिकी सरकारले १८ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तिराएको थियो। अध्यधिक धु“वा फाल्ने तथा कार्बन उत्सर्जन गर्ने प्रतिगाडी बराबर ३७ हजार ५ सय अमेरिकी डलर हर्जना तिर्नुपर्ने निर्णयपछि अधिकांश मुलुकले उक्त कम्पनीका सवारी साधन बिक्री वितरण तथा सञ्चालनमै प्रतिबन्ध लगाएका थिए। जसको असर सवारी बिक्री वितरणमा पनि प¥यो। केही समयमै कम्पनीको व्यापारमा तीन गुणासम्म गिरावट आयो।

 

सन् २००९ देखि २०१५ सम्म बजार पठाइएका उक्त कम्पनीका अधिकांश कारहरू कार्बन उत्सर्जन परीक्षणमा फेल देखिएका थिए। त्यस कम्पनीका गाडीले फ्या“क्ने धु“वा र त्यसले पार्नसक्ने असरबारे अध्ययन गर्न विश्वभर १ करोड १० लाख कारमा धु“वा परिक्षण गर्ने उपकरण राखिएको थियो।

 

सोही काण्डकै कारण गत जुन १८ मा आउडी कम्पनीका सीईओ रूपर्ट स्टडलरलाई पदबाट बर्खास्त गरिएको थियो भने भक्सवागन ग्रुपका सीइओ मार्टिन विन्टरकोर्न, ब्रान्ड डेभलपमेन्ट प्रमुख हेनज–जकाब नियसर, आउडी रिसर्च एण्ड डेभलपमेन्ट प्रमुख उलरिच हेकनबर्ग र बिक्री शाखा प्रमुख वोल्फगैग हट्जलाई निलम्बित गरिएको थियो।

 

फ्रान्समा मिडिया कम नामक मिडिया एजेन्सीले भक्सवागन तथा आउडी कम्पनीको विज्ञापन नगर्न भन्दै आफुआवद्ध सञ्चार माध्यमलाई पत्र पठाएपछि सर्वसाधारणका साथै सञ्चार क्ष्“ेत्रमा समेत तहल्का मच्चिएको थियो। २२ सेप्टेम्बर २०१५ मा फ्रान्सेली सञ्चारमाध्यमलाई चेतावनी दिँदै उक्त एजेन्सीले कार्बन उत्सर्जनमा सघाइरहेका कारण भक्सवागनका बिज्ञापन रोक्न निर्देशन दिएको थियो।

 

अरू अन्य दृष्टिकोणले पनि असुरक्षित देखिएपछि केही गाडीहरू कम्पनीले फिर्ता लगिसकेको छ। विश्वभर बिक्री वितरण भएका भक्सवागन टिगुआन ९७ लाख० गाडीमा इन्जिन स्टार्ट गर्दा आगो सल्किने समस्या देखिएपछि कम्पनीले ५ जुलाई २०१८ मा सबै गाडी फिर्ता गर्ने जनाइसकेको छ। तर नेपालबाट यस्ता गाडी फर्काउने सरकार, व्यवसायी र उपभोक्ताले समेत चासो देखाएका छैनन्।

 

यसैगरी भक्सवागन, आउडी पोर्श ९१ लाख २४ हजार० इलेक्ट्रिक र हाईब्रिड कारमा पनि ब्याट्री तातेर पड्किने समस्या देखिएपछि कम्पनीले गत जुलाईमै बिक्री वितरण भईसकेका सबै गाडी कम्पनीमै फिर्ता गर्न भनिसकेको छ। भक्सवागन पोलो २०१८ मोडलको गाडीमा पनि समस्या भएकाले गत मे र जुनमा अष्टे«लियाबाट १३ हजार र भारतबाट २ लाख १९ हजार गाडी फिर्ता पठाइएको छ।

 

उक्त गाडीको सिटबेल्टमा बढी समस्या देखिएको कम्पनीले नै स्वीकारीसकेको छ। समय–समयमा सिटबेल्ट फुस्किने समस्या रहेको र जसका कारण केटाकेटीहरूलाई बढी असर पारेको देखिएपछि कम्पनीले गाडी फिर्ता लगेको हो।
 आजको समाचारपत्रबाट ।