निर्मला हत्या प्रकरणः ‘अब एसपी र डिएसपीको डिएनए जाँच’

काठमाडौं भदाै २८। निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लि विष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन् ।

 

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप विष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने अधिकारी नै घटनामा संलग्न रहेको आशंकमा मजबुद भएको बताएका छन् ।

 

एसपी विष्ट, डिएसपी सेठी र सिआईबीका डिएसपी अंगुर जिसीलार्य निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरुका कल डिटेल हेरिनुपर्छ, निर्मलाका मामा केशव भण्डारीले भने, एसपी विष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ ।

 

निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन् ।, आजको नागरिक दैनिककबाट।