अवैध ५१ किलो सतुवासहित दुईजना पक्राउ

दार्चुला, भदौ २८ । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवासहित दुईजना पक्राउ परेका छन् ।बुधबार भारतबाट महाकाली नदि तारेर अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं। ५० गुल्म दार्चुलाको टोलीले श्रीबगडबाट पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका–२ का ३३ वर्षीय नरेन्द्रसिंह धामी र बझाङका ४० वर्षीय हरे बोहरा रहेका छन् ।

बरामद गरिएको ५१ किलोग्राम सतुवाको बजार मुल्य ३ लाख ६ हजार रुपैयाँ रहेको छ । आवश्यक अनुसन्धानको लागि बरामद अवैध सतुवासहित पक्राउ परेका दुबै जनालाई अपि नाम्पा सरक्षण क्षेत्र कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं। ५० गुल्म दार्चुलाका गुल्मपती डिएसपी भीमबहादुर चन्दले बताए ।

 

पक्राउ परेकाहरुलाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कारबाही हुने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।