पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत

पोखरा, भदौ २८ । पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

 

राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ ।

 

एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।

 

ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पीडित महिला र उनको परिवारले पाण्डेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी० रविन्द्रमान गुरुङले भने, ‘वृद्धा महिलाले म माथी बलात्कार भयो मात्र भन्नुहुन्छ, बलात्कारको प्रयास मात्र भएको हो वा बलात्कार नै भएको हो भन्ने खुलेको छैन ।’

 

बुढ्यौलीले बोलीसमेत प्रष्ट नबुझिने वृद्धाले बलात्कार(बलात्कार मात्र भन्ने गरेको उनले बताए । पाण्डे अझै प्रहरीको सम्पर्कमा आइसकेका छैनन् । किटानी जाहेरीपछि प्रहरीले बलात्कार गर्ने व्यक्तिको खोजी गरिरहे पनि पक्राउ गर्न सकेको छैन ।

 

यद्यपि पाण्डेका आफन्तले भने बलात्कारको अनावश्यक आरोप मात्र लगाइएको दाबी गरेको छ । उनीहरुले पाण्डेलाई उपस्थित गराउने बताएको प्रहरी स्रोत बताउँछ । प्रहरीले बलात्कार भए(नभएको बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्धाको स्वास्थ्य परीक्षण गराएको छ । त्यसको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।अनलाइनखबरबाट