‘न्याय नदिने भए मलाई पनि गोली ठोक्नुहोस्’ निर्मलाकी आमा

 

 काठमाडौं  भदाै २८।बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।

 

प्रहरीले छोरीका हत्यारालाई पक्राउ गर्न नसकेपछि न्यायका लागि काठमाडौं आएकी दुर्गाले आफ्नै छोरी सम्झेर न्याय दिन आग्रह गरेकी छन्। ‘प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ ।

 

न्याय दिलाउने जिम्मा उहाँहरूमा छ’, उनले भनिन्, ‘न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनू, तपाईंको पनि छोरी सम्झिनुस् । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।’

 

 बिहबिार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले न्याय दिन नसके गोली ठोक्न चेतावनी दिएकी छन् ।सरकारलाई चेतावनी दिँदै उनले भनिन्, ‘न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंलाई मार्न चाहन्छौं भन्नुहोला ।

 

मेरो छोरीको बलात्कार भएर बितेर अहिले देश नै रोइरहेको छ । मलाई पनि मार्छु भन्नुस्, गोली ठोक्नुस् । म पनि मर्न चाहन्छु ।साथै उनले छोरीको हत्यारा पत्ता लागेर पनि पक्राउ नपर्नु दुःखद भएको बताइन् । आफूहरु न्याय खोजन काठमाडौं आएको बताइन्