शाकाहारी बन्नु फाइदाजनक डायवेटिज बिरामीका लागि

एजेन्सी भदाै २९। शरीरमा रगत र सुगरको परिणामलाई नियन्त्रण गर्न स्वस्थ र ठीक खाना आवश्यक पर्छ । डायवेटिज नियन्त्रणका लागि आवश्यक उत्कृष्ट सागपात भने यस्ता छन् ।

 

डायवेटिजका बिरामीहरुले लिने तरकारीमा फिब्र, भिटामिन ए, पोटासियन, म्याग्नेसियन र क्याल्सियम पर्याप्त मात्रामा हुनु जरुरी छ । डायबेटिजका बिरामीहरुका लागि शाकाहारी बन्न फाइदाजनक हुने एउटा अध्ययनले बताएको छ ।

 

टाइप टु डायबेटिज भएका बिरामीको ग्लाइसेमिक र कोलेस्ट्रोल नियन्त्रणमा सब्जी, फल, साबुत र अन्न जस्ता हरियो खाद्यान्यले सहयोग गर्ने अध्ययनले देखाएको छ । शोधकर्ताको अनुसार यस्ता आहार ग्लाइसेमिक नियन्त्रण र ह्दयलाई स्वस्थ्य बनाउन सहयोगी हुने बताएका छन् । त्यस्ता आहारमा निम्न संपृप्त वसा र उच्च फाइबर साथै फाइटोकेमिकल्स भरपूर पाइन्छ ।

 

अमेरिकाका फिजीशियन कमिटी फर रिस्पांसिबल मेडिसिनका निर्देशक हना कहलेवाले डायबेटिज र ह्दय रोगबीच धेरै गहिरो सम्बन्ध हुने बताउँछिन् । उनको अनुसार ६० देखि ७० प्रतिशतसम्म टाइप टु डायबेटिज बिरामीहरुको मृत्यु ह्दय रोगको कारणले हुने गर्छ । यसकारण ह्दय रोगबाट पनि बच्नका लागि शाकाहारी भोजन सेवन गर्न फाइदाजनक हुने देखिन्छ ।