अाज मिति २०७५ साल भदौ ३० गते शनिबारकाे तपाइकाे राशिफल कस्ताे छ हेर्नुहाेस्

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 

सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। समयमै सावधान हुँदा क्षति कम हुनेछ।

बृष  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, ह

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। ईर्ष्या गर्नेहरूले भने निकै सताउन सक्छन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। सामान्य भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थिति अनुकूल देखिए पनि नजिकका व्यक्तिबाट आँटेको काममा बाधा पुग्नेछ। शुभचिन्तकहरूले गलत कदम उठाउनबाट जोगाउने चेष्टा गर्न सक्छन्। अरूको हस्तक्षेपले कालान्तरमा आफैंलाई फाइदा पुग्नेछ। प्रयत्न गर्दा बिस्तारै चिताएका काम पनि सम्पादन हुनेछन्। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ। अनावश्यक साइनो गाँस्नेहरूदेखि सावधान रहनुहोला।

कन्या  टो, प, पि, पु, ष, ण, ठ, पे, पो

काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। मिहिनेतले महत्त्वाकांक्षी काम सम्पादन गर्न सफल भइनेछ।

तुला   र, रि, रु, रे, रो, ता, ति, तु, ते

विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।

बृश्चिक  तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

धनु  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसर खोज्न लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेत परे पनि तत्काल काम पूर्ण नहुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

मकर  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा नयाँ ज्ञान सिक्ने समय छ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्।

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, द

तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। अवसरले पछ्याउनेछ भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला।

मीन  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। तर आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउन सक्छ।