सेवा सुविधा नदिए बैठक नचलाउने कर्मचारीको चेतावनी

काठमाडौं भदाै ३०। संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।

 

यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको छ । २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।

 

त्यसबापत उनीहरुले बिहान साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए । शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपैयाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ गतेपछि यो सुविधा कटौती गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।