नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिवार अपरान्ह चीन प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिवार अपरान्ह चीन प्रस्थान गरेका छन् । पुर्व निर्धारीत तालिका अनुसार अध्यक्ष दाहाल चीन प्रस्थाान गरेका हुन् ।

 

भारत भ्रमण गर्नु अघिनै उनले चीन भ्रमणको मिति तय गरेका थिए । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टीको निमन्त्रणमा जान लागेका पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य विषय हुनेछ ।

 

दुई पार्टीको सम्बन्ध र दुई देशबीच भएको सहमति तथा शमझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको उद्देश्य भएको उनले जानकारी दिएका छन् ।