संविधान दिवस मनाउन समिति गठन

धनगढी, भदौ ३० । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा यहाँ संविधान दिवस विविध कार्यक्रमका साथ मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले जानकारी दिए ।

 

असोज २, ३ र ४ गते साँझ दीपावली, २ गते सामाजिक विकास मन्त्रालयको संयोजनमा रक्तदान, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा संविधान दिवसबारे रेडियो संवाद कार्यक्रम, २ र ४ गते सरसफाइ र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहितको ¥यालीको आयोजना गरी कवर्डहल पुगेर मुख्य समारोह गरिने र सोही दिन प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने निर्णय गरिएको छ ।रासस