उद्योगमन्त्री यादवको कमाल नतिजा शुन्य ,तीन महिनामा ३ डिजी फेरिए

काठमाडौं भदाै ३०। उद्योगमन्त्री मातृका यादवले उद्योग विभागका प्रमुखलाई पदबाट हटाएका छन् ।उनि यसअघि पर्सामा प्रमुख जिल्ला अधिकारी थिए । सिंह मन्त्रालयकै योजना महाशाखामा कार्यरत थिए । यसअघि यादवले शंकर अर्याल र शिवराम न्यौपानेलाई महानिर्देशक नियुक्ती गरेका थिए ।

 

मन्त्री यादवले तीन महिनाको अवधिमा तीन जना महानिर्देशक फेरेका हुन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागको नयां प्रमुखमा विनोदप्रकाश सिंहलाई महानिर्देशक नियुक्त गरेका हुन् ।

 

न्यौपानेलाई हटाउनुको कारण भने खुल्न सकेको छैन् । उद्योग विभागमार्फत स्वदेशी र विदेशी लगानी भित्रिने भएकाले यो विभाग निकै महत्वपूर्ण मानिन्छ ।

 

मन्त्री यादवको कार्यशैलीका कारण काम गर्न अफ्ठेरो भएको गुनासो कर्मचारीको छ । न्यौपाने दुई महिना मात्र महानिर्देशक पदमा रहेका थिए । उनलाई अख्तियार अनुसन्धान अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

 

मन्त्री यादवलाई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्षमताको प्रश्न उठाउंदै पदबाट हटाउने चर्चा चलिरहेका बेला यादवले विभागको महानिर्देशकलाई पदबाट हटाएका हुन् ।