गाली गरेको निहुँमा बझाङमा ढुंगाले हानेर बालकको हत्या

बझाङ भदाै ३१। छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् ।

 

तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

 

छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँु, तिलकले भने, त्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ ।तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् । आजको कान्तिपुरमा दैनिकबाट ।