काठमाडाैका बिभिन्न ठाँउमा देह व्यापार फस्टाउँदै

 

       विष्णु आले’विकिरण’

 

काठमाडाै भदाै ३१।  प्राय:हर मिडियामा बलत्कार महिला हिँसा आदि इत्यादि चलिरहेको बेला काठमाडौको मुटु रत्न पार्कमा भने देह व्यापार फस्टाउँदो छ।सर्ट टिप्सको १३सय देखि २ हजार र होलनाइटको ३देखि ६हजार सम्म लिने गरेको एक यौनकर्मी (नाम परिवर्तन)  सरिष्माले बताइन्।उनले टिप्स् लाग्दा दैनिक ६,७ हजार कमाइ हुने गरेको बताइन्।

 

उपत्यकामा विभिन्न डिस्को,रेष्टुरेन्ट एन्ड बार र होस्टेलहरुले आन्तरिकरुपमा यौनव्यापार चलाए पनि बाहयरुपमा कोटेश्वर,बालाजु बसपार्क,ग्वार्को,लगनखेल,कलंकी लगायतठाउँहरुमा खुलेआम देव्यापारका रेड एरिया मानिन्छन्।

 

सामाजिक र आर्थिक बहकाउमा परेर गाउँबाट सहर छिरेका युवती, पति विदेसिएका र श्रीमानले छोडेका महिलाहरु प्राय:यो क्षेत्रमा लाग्ने गरेको प्रहरीस्रोतको दाबी छ।बढ्दो बेरोजगारी अनि अफिसको थोरै तलबले खान र कोठाभाडा तिर्न नपुगेपछि अधिकांस कलेज पढ्ने युवतीहरु देहव्यापारमा संलग्न हुन्छन्।

 

रत्नपार्कमा सुरुमा तिस चालिसको हाराहारीमा देहव्यापारी रहेपनि आजभोलि विभिन्न उमेर समूहका झन्डै सय हाराहारीमा उनीहरु रहेको पाइएको छ ।हिन्दु नारीहरुको पवित्र तिजको ब्रतमा समेत रातो सारीमा सजिएर देहव्यापार गर्दै हिँडेका महिलाहरु देखिएको प्रहरी श्रोतको दाबी छ।

 

तर कतिपय देहव्यापारी फसाउन ठमेलका जड्याहा केटाहरु आएर दाइ रमाइलो गर्न जाने हो भन्दै केटी मिलाइदिने बहानामा आफ्नो रेष्टुरेन्ट लगेर बेस्सरी मताएर खानदिने र लुटपाटगरी पठाउने गरेको एक तराई मुलका यादव बताउँछन्। हरेक साँझ पाँचबजेदेखि राति नौबजेसम्म महिलाको एक छत्र देहव्यापार राज चल्ने गरेको रत्नपार्क रुटका सबारी चालकको भनाइ छ।

 

कञ्चनपुर,बाँके लगायत केही जिल्लामा युवती बलत्कारको घट्ना मिडियामा छाइरहँदा रत्नपार्कका युवतीहरु भने आफूले एकटिपमा सत्रजनासम्मलाई सन्तुष्ट गराएर १०हजार कमाएको कुरा व्यक्त गर्दै हाँसोमा भन्छन् तिनीहरु एनजीओकर्मीलाई पो विदेशी डलर आउँछ हामीलाई देहव्यापार नगरे मुखमा माड लाग्दैन्।

 

हाम्रो ड्युटी भनेको ग्राहकको सन्तुष्टि हो एक (नाम परिवर्तन) परी नामकी युवततीले भनिन् ।केही दिन अघि पोखरामा यौनकर्मीहरुलाई परिचयपत्र दिनुपर्ने धारणा बाहिरिएसँगै हामिलाइ पनि खुशि लागेकाे छ ।किन भने हामि जस्ता देह व्यापार गरेर छाक टार्नेकाे लागि ढुकत हुन्छ कम्तिमा खुलेर बस्न पाइन्छ त्यसैले देह व्यपार गर्नेलाइ परिचयपत्र दिनुपर्छ ।अब अझै  काठमाडौको रत्नपार्कमा देहव्यापार फस्टाउन सक्ने विश्लेषकहरुको अनुमान छ।