जीप दुर्घटना हुँदा ४ जना घाइते, चालक फरार

बैतडी, असोज १ । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ६ दुदिलाखानमा गएराती जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते  हुनेहरुमा बैतडीको सिगास गाउँपालिकाका जनक विष्ट, जगदिश पन्त,करुणाकर जोशी र पाटन नगरपालिका ९ का राजेन्द्र बिजले रहेका छन् ।

 

घाइते चारै जनाको उप क्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

 

बैतडीको खोड्पेदेखि बझाङ बित्थडका लागि छुटेको से १ ज ५८४ नं को जीप दुदिलाखान मोडमा आईतबार राती ८ बजे दुर्घटनामा परेको हो । जीप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप चालक सिगास गाउँपालिका १ का महेश पन्त फरार रहेका छन् ।