प्रधानमन्त्री ओलीलाई भेट्दै निर्मलाका आमा बुबा

काठमाडौं, असोज १ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् । केहीदिनअघि न्याय माग्न काठमाडौं आएका उनीहरूले गृहमन्त्री लगायत विभिन्न अधिकारीहरूसँग भेट गरिसकेका छन् ।

 

५४ दिनअघि बलात्कार पछि हत्या गरिएकी निर्मलाका दोषी पक्राउ पर्न नसकेको अवस्थामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेका हुन् ।

 

बालुवाटारमा हुने भेटमा निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराज पन्तले सोमबार बिहान मानव अधिकारवादीहरूसहित प्रधानमन्त्री ओलीलाई भेट्न लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहाकार चेतन अधिकारीले जानकारी दिए ।