निर्मला पन्त हत्या प्रकरणःएसपी दुर्गा सिहंलाई कञ्चनपुर पठाइयो अनुसन्धान अझै प्रभावकारी वनाउन

काठमाडौं असाेज २। कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार हत्या प्रकरणको अनुसन्धान प्रभावकारी वनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ।

 

‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको हो’, एक उच्च प्रहरी अधिकारीले भने, ।

 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलबार बिहान एसपी सिंह कञ्चनपुर लागेकी छन्।  पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली कञ्चनपुर खटाइएको हो ।

 

१३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि उनका बुवा आमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर फर्किइसकेका छन् ।