मोटरसाइकल दुर्घटनामा यसरी भयो दुई जनाको मृत्यु

राजविराज, २ असोज । मोटरसाइकल दुर्घटनामा परी राजविराज–सखडा सडकअन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–२ का ३५ वर्षीय चालक अशोक झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

 

राजविराजबाट सखडातर्फ जाँदै गरेको को२५प ४३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका झाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी
सप्तरीको बिष्णुपुर गाउँपालिका–७ स्थित नहर चोकमा आज एक बालिका मृत अवस्थामा फेला परेको छ ।

 

नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी ६ वर्षीया बालिकालाई कोशी नहरले बगाएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाइएको छ ।

 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह संगरमाथा अञ्चल असपतालमा ल्याइएको छ र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । रासस