उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त

काठमाडौं असाेज ३। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बुधबार शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने बताए।

 

सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा संविधान दिवस रहेको बताउँदै उपराष्ट्रपति पुनले संविधानसभाबाट संविधान जारी गर्ने २००७ सालदेखिको जनआकाङ्क्षा पूरा गर्न विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्धमा सहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्तसमेत गरेका छन् ।

 

उनले सन्देशमा भनेका छन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको स्वर्णिम दिनका अवसरमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दछु ।