वि.सं. २०७५ असोज ४ गते यी राशीलाई असाध्यै राम्रो यी राशीलाई ठिकै,पुरा बिबरण हेर्नुहोस

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। तर, परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। 

मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, ह 

  
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दौडधुपले कमजोरी अनुभूति हुन सक्छ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। 

सिंह  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

उद्देश्य पूरा गर्न साम–दाम आदिको नीति अवलम्बन गर्नुपर्ला। केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मिहि नेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। ईष्र्या गर्नेहरूले सताउन सक्छन्। ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ। तापनि काममा जग बसाउने मौका छ।

तुला  र, रि, रु, रे, रो, ता, ति, तु, ते

तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दmुख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।

धनु  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। 

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, द

जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिएला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफ्नाबाट भने टाढिनुपर्नेछ। 

बृष  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। परिस्थितिवश शुभचिन्तक र प्रतिस्पर्धीका बीचमा रहेर काम गर्नुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि तत्काल ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ने देखिन्छ।

कर्कट  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वादविवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्नेछ। 

कन्या  टो, प, पि, पु, ष, ण, ठ, पे, पो 

बेलैमा अवसर आए पनि काममा विलम्ब हुन सक्छ। समयको महत्त्वलाई बेवास्ता गर्दा व्यवहारमा पछि परिनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउन सक्छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। 

बृश्चिक  तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ काममा हात हाल्ने समय छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला।

मकर  भो, ज, जि, खि, खु, खे, खो, गा, गि 

आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 

मीन  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनग्गे रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।