पर्सामा थप ५५ सीमास्तम्भ गायब

वीरगञ्ज असाेज ४। पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाठिएका ५५ वटा सीमा स्तम्भ गायब भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने स्थानमा मात्र ठूला र साना गरी ५५ वटा सीमा स्तम्भ  छ ।

 

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने ४१६ देखि ४२४ सम्ममा दुई वटा मुख्य सीमा स्तम्भ र ४१ वटा साना सीमास्तम्भ हराएको समाचारमा उल्लेख छ ।

 

यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरको कार्यक्षेत्रमा पर्ने ४२४ देखि अन्तिम सीमामा ठोरीको ४३८ सम्मका ठूला साना गरी १२ वटा सीमा स्तम्भ हराएका छन् ।मुख्य सीमा स्तम्भ ४२७ र ४३८ हराएको छ भने, सहायक स्तम्भ ४२७ को ५ नम्बर हराएको छ ।आजको कारोबारमा छापिएको छ।